विवेकहिन तर्कको पछाडि नलाग्न कार्यकर्तालाई शङ्कर भण्डारीको आग्रह

काठमाडौँ, १३ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शङ्कर भण्डारीले विवेकहिन तर्कको पछाडि नलाग्न तनहुँका इमान्दार नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेता भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका भर्खरै कारबाहीमा परेका नेता गोविन्दराज जोशीप्रति लक्षित गर्दैै पार्टी अनुशासनको दायराभन्दा बाहिर गएर कारबाहीको भागिदार बन्दै गर्दा विस २०७० को संविधानसभा निर्वाचनमा तनहुँ साविकको क्षेत्र नं १ मा पैसा दिएर टिकट हात पारेको भन्ने तर्कहिन कुराको पछाडि नलाग्न कार्यकर्तालाई अपिल गर्नुभएको हो ।
नेता भण्डारीले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरण कार्य अगाडि बढ्दै गर्दा इमान्दार र निष्ठावान कार्यकर्तालाई विवेकहिन अभिव्यक्ति दिने व्यक्तिको पछाडि लागेर आफ्नो राजनीतिक भविश्य अन्धकार नबनाउन आग्रह गर्नुभएको छ ।
उहाँले नेपाली काँग्रेसलाई स्वच्छ र गतिशील बनाउनका लागि आम तनहुँका नेता कार्यकर्तालाई आह्वान समेत गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया