विश्वमा कोरोनाबाट मृत्यु हुने साढे ६ लाख पुग्र्यो

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं १३ साउन।कोरोना भाइरस कोभिड १९० बाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण ६ लाख ५३ हजार ३५३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ब्राजिलमा ८७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा अहिलेसम्म ४५ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या पनि एक करोड ६४ लाख नाघिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ४२ लाख ९० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ब्राजिलमा पनि २४ लाख ४२ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । भारतमा पनि १४ लाख ८५ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । अहिलेसम्म विश्वभर कोरोना भाइरसका ९५ लाख ३१ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवल देविनगर मनकामना पथमा आगलागी
  • कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी…
  • नवलपरासीमा लागुपदार्थ विरुद्ध सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • लियो क्लव अफ कञ्चनको प्रशिक्षण
  • मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीतामा मनिश र शेर बहादुरको टिम विजयी
  • उपभोक्ता समिति गठन तथा योजना संचालन सम्वन्धि अभिमुखीकरण
  • संविधान दिवस र कार्यान्वयनको अवस्था
  • मुख्य मन्त्रि शंकर पोख्रेलद्धारा  कुलपानी क्षेत्रको अवलोकन
  • कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द
  • गल्याङ नगरपालिकाको विकासका लागि बृहत गुरुयोजनाको तयारी