चिनियाँ राजदूत र कांग्रेस नेता पौडेल विच भेटघाट

प्रकाशित मिति:

काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेकी छन्। पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो।राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ।

उक्त भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो। चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ।