पश्चिमाञ्चल यातायात समितिमार्फत कर्मचारीको परिवारलाई दूर्घटना बीमाको १० लाख प्रदान

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


यमलाल भुसाल -बुटवल १३ साउन , पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना कर्मचारीको परिवारलाई दूर्घटना बीमाको १० लाख रुपैया प्रदान गरेको छ ।  समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटरसाईकिल दूर्घटनामा परि मृत्यु भएको थियो ।  अधिकारीको गत वर्षको असौज १७ गते बुटवल १२ ढवाहामा मोटरसाईकिल दूर्घटनामा परि ज्यान गएको थियो ।

दूर्घटना बीमा वाफत नेको ईन्सोरेनसमा गरिएको बीमा रकम आएसंगै अधिकारीको श्रीमती विवु अधिकारीलाई मंगलवार एक समारोहका बीच बीमा रकम समितिले प्रदान गरेको हो । ४३ वर्षिय अधिकारी समितिको चौकी ईन्चार्जका रुपमा कार्यरत रहनु भएको र उहाँको एक छोरा एक छोरी रहनु भएको छ ।

समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।यस अघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु