कांग्रेस द्धारा गण्डकी प्रदेशसभा आज पनि अवरुद्ध

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


कास्की, साउन १३ : एक घर एक पीसीआरलगायतका विषय समेट्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा दर्ता गराएको संकल्प प्रस्ताव कार्य सूचीमा नराखिएपछि आज पनि प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। प्रदेशसभामा दर्ता गराएको एक घर एक पीसीआर, पीसीआरको दायरा बढाउनुपर्ने, कोरोना संक्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्ने लगायतका विषय समेटिएको संकल्प प्रस्ताव कार्यसूचीमा प्रवेश नगरेपछि कांग्रेसले लगातार प्रदेशसभा अवरुद्ध गर्दै आएको छ।

बैठक शुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्य उठेर अवरोध गरेका थिए। सभामुख नेत्रनाथ अधिकारीले यसलाई साझा प्रस्तावका रुपमा लैजाने पहलस्वरुप कार्यदल गठन गरिए पनि निष्कर्षमा पुग्न नसकेको र छलफल जारी रहेको भन्दै बैठक पुनःसञ्चालन गर्न सहयोग पु¥याउन आग्रह गरे।

प्रतिपक्षका तर्फबाट अवरोध जारी राखेपछि सभामुख अधिकारीले बैठक आगामी साउन १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरे। कोरोना संक्रमण बढिरहेका अवस्थामा एक घर एक पीसीआर, पीसिीआर परीक्षणको दायरा बढाउनुपर्ने, संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनजस्ता अत्यावश्यक विषय समेटिएको संकल्प प्रस्ताव प्रदेशसभामा दर्ता भएका अवस्थामा कार्यसूचीमा राख्न आलटाल गरिएको नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए। संकल्प प्रस्तावलाई कार्यसूचीमा नराख्दासम्म कांग्रेसका तर्फबाट प्रदेशसभा अवरोध कायमै रहने प्रवक्ता दवाडीले बताए।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया