पार्टी एकताका लागि कमल थापा र प्रकाशचन्द्र लोहनीबीच वार्ता !

प्रकाशित मिति:

२१ कात्तिक, काठमाडौं । पार्टी एकताका लागि राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा (राष्ट्रवादीका) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच वार्ता भएको छ ।

बुधबार विहान काठमाडाैंमा भएको वार्ता सकरात्मक भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘पार्टी एकताका लागि आज विहान भएको वार्ता सकरात्मक रहेको छ ।’ श्रेष्ठले भने ।

तीन राप्रपा एकताका लागि कसरतमा लागेका कमल थापाले मंगलबार राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिसमशेरसँग वार्ता गरेका थिए । मंगलबार भएको वार्तामा पार्टी एकता गर्ने सहमति भएको थियो ।

एकताका लागि सकरात्मक भएपनि एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन प्रजातान्त्रिक र राष्ट्रवादी दुवै दलसँग वार्ता गर्न बाँकी रहेको राप्रपाले जनाएको छ ।