विभाग तथा समितिहरुमा मनोनयन रोक्न कांग्रेस जिल्ला सभापतिहरुको माग

१४ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विभाग तथा समितिहरुमा मनोनयन रोक्न माग गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशनसँग प्रत्यक्ष सरोकार राख्ने बिषयमा बाहेक विभाग वा समिति गठन गर्नु निर्वाचन आचारसंहिता र राजनीतिक नैतिकता विपरित भएको निष्कर्ष निकालेको छ । ‘यस्ता लोक हँसाउने भद्दामजाक कर्म तत्काल रोक्न र यसबीच बनाइएका सबै विभाग खारेज गर्नुपर्ने हाम्रो निष्कर्ष छ’ उनीहरुले भनेका छन् ।

बैठकले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा नेता कार्यकर्तालाई छानीछानी कारबाही गर्दा निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको निष्कर्ष निकालेको छ र, यस्ता गतिविधि तत्काल रोक्नुपर्नेमा जोड दिएको छ ।जिल्ला सभापतिहरुले स्थानीय तह पार्टी समायोजनमा निर्वाचन समितिले सिन्धुपाल्चोक लगायतका जिल्लामा नीतिभन्दा नेता प्रभावको गन्ध आएका भन्दै निर्णय प्रक्रियामा पुनर्विचार गरी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गरेका छन् ।

साथै पार्टी एकीकरण वा पार्टी प्रवेशलाई निष्ठावान नेताकार्यकर्ताको तेजोवध गर्ने, क्षणिक गुटगत फाइदाका लागि पार्टीलाई दीर्घकालिन क्षति पुर्‍याउने वा एकाध नेताको प्रवेशको आडमा सयौं संख्यामा कृयाशील सदस्यता पठाएर अनियमितता गर्ने काम नहोस् भन्नेतर्फ नेतृत्वलाई सचेत गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङका दुग्ध संकलन केन्द्रमा नै पुगेर पशुहरुको स्वास्थ्य परिक्षण
  • बाढीप्रभावितलाई क्षतिपूर्ति र नदी नियन्त्रण गर्न नेकपा तिलोत्तमाको आग्रह
  •   वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन
  • आँधीखोला लघुवित्तका संचालक र कर्मचारी विच अन्तरक्रिया
  • तरुण दल प्रगतीनगरमा नेतृत्व चयन
  • उद्योगी व्यबसायीलाई घरभाडा छुट गर्न बुटवल उद्योग बाणिज्य संघको आग्रह
  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।