गरीबलाई आएको सोलार जनप्रतिनीधी र कर्मचारीको घरमा

प्रकाशित मिति:

ललीत पाण्डेय , सैनामैना , १४ साउन –  गरिव तथा विपन्न घर परिवारको लागि आएको सोलार रुपन्देहीको कञ्चन गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको घरमा जडान गरेको भेटिएको छ । बिजुली बत्तिका पहुँचमा नभएका गरिव परिवारलाई अनुदानमा उपलब्ध गराईको निःशूल्क सोलार बक्ति वितरणमा अनियमितता भएको पाईएको हो । कञ्चन गाउँपालिका वडा नं १ वडा सदस्यहरु गोमा कार्की , जुना परियार , डिलाराम थापा र कर्मचारी ईन्दिरा पौडेल र जानकी गैरेले गरिब तथा विपन्न परिवारको लागि भनेर आएको सोलार बक्ति घरमा लगेका हुन । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र मार्फत कञ्चन गाउँपालिकामा गरिब तथा विपन्न परिवारको घरमा सौर्य उर्जा अन्र्तगत गरिब परिवारमा सोला बक्ति जडान गरेको थियो ।

यसै बिचमा नेपाली कांग्रेस कञ्चन गाउँपालिका वडा नं। १ ले प्रेस बिज्ञप्ती निकाल्दै उत्त कार्यको घोर आपक्ती जनाएको छ । गरिब तथा विपन्न परिवारलाई अनुदानमा आएको सोलार जनप्रतिनिधिले आफ्नो घरमा जोड्नु र सोलार बत्तीमा अनियमितता भएको नेपाली कांग्रेस कञ्चन गाउँपालिका वडा नं। १ ले जारी गरेको प्र्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । निःशूल्क रुपमा जडान गर्ने जिम्मा लिएको सोही बैकल्पिक उर्जा प्रबद्धन केन्द्रले समेत अनावश्यक शूल्क असुलेको प्रति खेद प्रकट गर्दै नेपाली कांग्रेस वडा सभापति दुर्गा बहादुर भुजलले दोषि उपर कारबाहीको माग राख्नु भएको छ ।

यता कञ्चन गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष हरिनारायण चौधरीले भुलचुकले गल्ति भएको बताउँनु भएको छ । तत्काल सच्चाएर गरिब तथा विपन्न परिवरको घरमा जडान गरिने बताउँनुभयो । वडा सदस्य र कर्मचारीको घरमा सोलार जडान भएको थाहा पाएपछि गाउँपालिकाको ध्यानआर्कषण भएको र गरिव परिवारलाई बाड्न निर्देशन दिईसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभयो । बैकल्पिक सोलार कार्यक्रम अन्र्तगत कञ्चन गाउँपालिकामा ३१५ विपन्न तथा गरिब घर परिवारलाई