गुल्मीमा कोरोना भाइरस जितेर ३ सय ४८ जना घर फर्किए

प्रकाशित मिति:

मनोज कार्की  साउन १४ू गुल्मी – गुल्मीमा कोरोना भाइरस जितेर ३ सय ४८ जना घर फर्किएका छन् । पुरुष ३ सय १ जना र महिला ५ जना महिला कोरोना जितेर घर फर्किएका स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो ।

जिल्लामा कारोना भाइरस संक्रमितको संख्या ३६० पुगेको छ । प्रादेशिक अस्पताल भैरहवामा गरिएको परिक्षणमा गुल्मीका ३ सय १ जना पुरुष र ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिले कोरोना संक्रमित आठ जना उपचाररत रहेका छन् ।