रिडि सुर्खेत सडक खण्डमा पर्ने देउराली खनदह सडक व्यवस्थित गर्न नसक्दा यात्रुहरुलाई सास्ती

१४ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


दिपेन्द्र खत्री- साउन १४,अर्घाखाँची- कठिन यात्रा जहाँ स्थानीयहरु बाटो कालोपत्रेको पर्खाइमा छन।रिडि सुर्खेत सडक खण्डमा पर्ने अर्घाखाँचीको देउराली खनदह मोटर बाटो जनप्रतिनिधिहरुको ध्यानाकर्षण नजाँदा यात्रुहरुले सास्ती भोग्नु परेको छ। बर्खायामको समयमा झरी परीरहेको छ । साना-साना खोला नालाको पनि वहाव बढेको छ ।वर्षायामा आकाशे पानीले मोटर बाटो पनि छेदबिच्छेद र हिल्याम्मे पारेको अबस्था छ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका भित्र पर्ने देउराली खनदह सडक मध्ये मालारानी गाउँपालीका वडा नः १ र २ वडा भित्र पर्ने चौरी, धियुपानी,दिप,डाडाकटेरी सम्मको सडक निकै बिग्रिएको छ।

स्बाईक,कार,ट्याक्सी,चल्न नस्कने अबस्थामा छ भने ठुलो सबारी साधन,जिप,बस,पनि चल्न नस्कने अबस्थामा छ।जस्मा एम्बुलेन्स पनि हिड्न नसकेको अबस्था हो।यातायात संचालकले पनी सास्ती भग्नु परेको छ।यस सडक खण्डमा सम्बन्धित निकायको ध्यानाकर्षण नजाँदा पैदल यात्रीहरुले समेत सास्ती भोग्नु परेको छ।त्यहि पैदल यात्री मध्य बसन्त के,सी पनि एक हुन,उनी भन्छन,ठुला सवारीसाधन त कुरै छाडै विरामी भएर उपचारको लागि हस्पिटल जान सम्म सकिँदैन।यसमा सम्बन्धित निकायले छिटो ध्यान दिनु पर्यो।

त्यस्तै सवारी संचालक भन्छन,आम्दानी गर्ने समयमा विश्वभर मामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड ९१९०ले गर्दा नेपाल पनि लकडाउन भयो।जस्को कारण आम्दानी गर्ने सोत्र वाट पनि बन्चित हुनुपर्यो,जब लकडाउन खुल्यो बाटाको हालत यस्तो, यसमा छिटोभन्दा छिटो सुधार गर्नु पर्छ।उक्त सडक खण्डमा पर्ने देउराली खनदह मोटर बाटो व्यवस्थित हुन सकिरहेको छैन।मौसमको खराबीका कारण जनप्रतिनिधिहरुले सडक व्यवस्थित पार्न समेत सकस भईरहेको छ।सडकको यस गम्भीर बिषयप्रति उक्त क्षेत्रका जनप्रतिनिधिहरुलाई छिटो भन्दा छिटो सडक व्यवस्थित गर्नु पर्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया