लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी संघको बार्षिक उत्सवको पूर्व सन्धामा रक्तदान कार्यक्रम

प्रकाशित मिति:

हरिश ढकाल– बुटवल, १४ साउन । रक्तदान जीवनदान भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४९ युनिट रगत संकलन भएको छ । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी संघको ८औ स्थापना दिबश तथा बार्षिक उत्सवको पूर्व सन्धामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड १९ महामारीको समयमा रगतको अभाव भै कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण क्षेत्रीले बताउनु भयो । क्षेत्रीले बुटवल र भैरहवा आसपास क्षेत्रमा रक्ततत्वको अभाव हुन नदिन संघले रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

संघको ८औ स्थापना दिवश तथा बार्षिक उत्सवका अवसरमा लकडाउनका कारण अन्य कार्यक्रम गर्न नपाए पनि रक्तदान कार्यक्रमलाई भने निरन्तरता दिएको कार्यक्रम संयोजक संघका सदस्य नविन पोख्रेलले बताउनु भयो ।सो अवशरमा ५ न. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लि नारायण पाण्डे र इ.प्र.का. बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोर, संघका सह–सचिव कृष्ण चौहान क्षेत्री लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा ५०÷५० थान केएन ९५ माक्स र सेनेटाईजर ५ न. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरिएको संघले जनाएको छ ।