पौडेल समूहले देउवालाई लिखितपत्र बुझाउने

१४ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन १४ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एक पक्षीय रुपमा विभाग गठन तथा मनोनयन गरेको भन्दै सभापति शेरबहादुर देउवाको विरोध चर्को विरोध गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तोकिएपछि धमाधम विभाग गठन र मनोनयन गरेको भन्दै नेताहरुले विरोध गरेका हुन्। उनीहरुले महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न सभापति देउवालाई आग्रह समेत गरेका छन्।यस्तै, महाधिवेशन प्रभावित गर्ने गतिविधि तत्काल रोक्न सभापति देउवाको ध्यानाकर्षण गराउने निष्कर्ष समेत भेलाले निकालेको छ।

‘महाधिवेशनको मिति तोकिएको अवस्थामा विभाग गठन भइरहेको छ, मनोनयन भइरहेका छन्। त्यसमा हाम्रो आपत्ति छ,’ केन्द्रीय सदस्य जीवन परियारले काठमाडौंप्रेससँग भने, ‘सभापतिले विधान मिचेर एकलौटी र मनपरी ढंगले विभाग गठन र मनोनयन गरिरहनु भएको छ। त्यसलाई रोक्न ध्यानाकर्षण गराउने निष्कर्ष निकालेका छौं। उनका अनुसार वरिष्ठ नेता पौडेल लगायतका नेताहरुले सभापति देउवालाई लिखित ध्यानाकर्षण बुझाउने छन्। ‘सम्भवतः भोलि रामचन्द्र दाइ, महामन्त्री शशांक कोइरालालगायतले सभापतिलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउनु हुनेछ,’ उनले भने।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने