विभिन्न मागसहित जनता समाजवादी पार्टीद्वारा प्रदर्शन

१५ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
312 Shares


बुटवल, १४ साउन । मुलुकका ज्वलन्त समस्याहरुका विषयमा विभिन्न माग राख्दै जनता समाजवादी पार्टीले बुटवलमा प्रदर्शन गरेको छ । पार्टीको बुटवल उपमहानगर समितिले बुधबार बुटवलको पुष्पलालचोकमा ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेको हो । श्रीमतीको हत्या अभियोगमा जन्मकैदको फैसला भएका पुर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाएर जेलमुक्त गरिएको घटनाको विरोध लगायत विषयमा एघ घण्टा प्रदर्शन गरिएको हो ।

जनता समाजवादी पार्टीले किसानलाई सहज एवं सहुलियतपूर्ण तरिकाले मल बिउ उपलब्ध गराउन, बाढी पहिरोको प्रकोप पीडितलाई राहत, सबै प्रकारका भ्रष्टाचारको अन्त्य, सुलभ स्वास्थ्य सेवा एवं नागरिकको जिउधनको सुरक्षा,व्यवसायीलाई राहत र सबै प्रकारका हिंसा एवं भेदभावको अन्त्य गर्न माग गरेको छ । प्रदर्शनमा जसपाका नेताहरु कमल खनाल, अशोककुमार यादव, यज्ञ पोखरेल,मनिकर कार्की, पंकज राई, जीएस गुरुङ, विमल गिरी,वामदेव भुसाल, नर सुनार, विजय ढकाल, तेजु राना लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया