उवासंघ नवलपरासीले विद्युत व्यवस्थापनका सम्बन्धमा ध्यानआर्कषण गरायो

प्रकाशित मिति:

नारायण न्यौपाने
साउन १४ गते
नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले बुधबार उर्जा मन्त्रि र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखलाई ध्यानआर्कषण गराएको छ । क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव प्रसाद भण्डारीले विभिन्न मागसहित आज उर्जा जलस्रोत तथा सिचाँई मन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्लाइ विद्युत व्यवस्थापनका सम्बन्धमा ध्यानआर्कषण गराएका हुन । बुधबार उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसँग भेटगरी विद्युतको क्षमता विस्तार, सवस्टेशन निर्माण, डेडिकेटेड लाईन विस्तार र गण्डक जलविद्युत केन्द्र पुर्ण रुपमा सञ्चालनका लागि ध्यानार्कषण गराएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले जानकारी दिनु भयो ।
पश्चिम नवलपरासीलाई आद्यौगीक हवको रुपमा विकास गर्नका लागी दीर्घकालीन रुपमै उर्जा समस्या समाधान गर्न आग्रह गर्दे अनुरोध पत्र बुझाइएको हो । उर्जा समस्या समाधानका लागि भुमही देखि रामग्राम नगरपालीकाको पचगावा सम्म ३३ केभि सिंगल सर्किट लाईन र रामग्राम १६ हकुईमा सवस्टेशन निर्माण र शान्ती चौर देखि अमहवा सम्म, बनकट्टि देखि बडेरा सम्मको र मंगलनगर देखि सुनवल चोक सम्म ३३ केभि डबल सर्किट लाईन निर्माणका लागी आग्रह गरिएको छ । साथै गण्डक नहरको पुर्नाहामा सवस्टेशन निर्माण गरी पुर्नाह देखि बेलासपुर सम्म ३३ केभि सिंगल सर्किट लाईन निर्माणको लागी पनि दुवै पक्षको ध्यानआर्कषण गराईएको छ ।


यसैगरी यस क्षेत्रमा २४ सै घण्टा संञ्चालन हुने उद्योगलाई मध्यनजर गर्दे डेडिकेटेड लाईनको व्यवस्था गर्न पनि माग गरिएको अध्यक्ष भण्डारीले बताए । एकतर्फ विद्युत खपत नभईरहेको अवस्था र अर्का तर्फ उद्योहरुले प्रर्याप्त विद्युत नपाएको अवस्थालाई मध्यनजर गर्दै तत्कालै डेडिकेटेड लाईनको व्यवस्था गर्न मन्त्री पुन र निर्देशक घिसिङ्गसँग माग गरिएको छ ।