तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा, धपेडी नगर्न चिकित्सिकको सुझाव

प्रकाशित मिति:

काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली विरामी परेको तीन सातापछि आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुदैहुनुहुन्छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हनुहुुने भएको हो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा गर्न लागेको साहित्यिक कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै बालुवाटारमै हुन लागेको हो । अपरान्ह १ बजे बालुवाटारको हलमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी बन्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनु भयो ।

गत कात्तिक ६ गते विरामी परेदेखि ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् । कात्तिक ६ गते उनी विद्युतीय बस शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए । चिकित्सकहरुको सुझाव अनुसार प्रधानमन्त्री अहिले पनि आराम गरिरहेकाले बाहिर निस्कन नसक्ने अधिकारीले बताउनु भयो । ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई धपेडी नगर्न र सकेसम्म बाहिर हुने कार्यक्रममा नजान सुझाव दिनुभएको छ ।