निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

प्रकाशित मिति:

काठमाडौं, साउन १५ :  निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे अनुसन्धानमा खटिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीले सफाइ पाएका छन्।जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बिहीबार सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा तत्कालीन एसपी विष्टसहित अनुसन्धानमा खटिएका ८ जना प्रहरीले सफाइ दिएको हो।

कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरो ९सीआइबी० बाट खटिएका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्रबहादुर खड्का, प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदलाई जिल्ला अदालतले दुवै मुद्दामा सफाइ दिएको अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए।उनका अनुसार एसपी विष्‍ट, डिएसपीद्वय सेठी र जिसी, प्रहरी निरीक्षकद्वय खड्का र भट्ट, सईद्वय हरसिंह धामी र रामसिंह धामी तथा जवान सावदले कसुरदारलाई बचाउने नियतले प्रमाण दबाएको ९दफा ९३० अनुसारको मुद्दामा सफाइ पाएका हुन्। यस्तै, यातना दिएको ९दफा १६७० अनुसारको मुद्दामा एसपी विष्ट, डिएसपीद्वय सेठी र अंगुर जि।सी तथा प्रहरी निरीक्षक खड्काले सफाइ पाएको उनले जानकारी दिए।

२०७५ साउन १० गते कञ्चनपुरी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएको थियो। हत्याबारे अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्काली एसपी विष्टसिहत ८ जना प्रहरी माथि यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा दर्ता गरिएको थियो। मुद्दा दर्तासँगै एसपी विष्टसहित ८ जना प्रहरीलाई निलम्बन गरिएको थियो। सफाइ पाएसँगै एसपी विष्टसहित सबैलाई काममा फर्किन बाटो खुलेको छ।