नेटवर्किङ व्यवसाय अध्ययन गर्न संसदीय उपसमिति गठन भयो

१५ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौं, साउन १५ : नेटवर्किङ व्यवसायको वैधताबारे अध्ययन गर्न संसदीय उपसमिति गठन भएको छ। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेपालमा नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु विक्रीको वैधताबारे अध्ययन गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीले नेपालमा नेटवर्किङ व्यवसाय सुरु गरेपछि त्यो वैधानिक वा अवैधानिक के हो भन्ने अध्ययनका लागि उपसमिति गठन भएको संयोजक पाण्डेले बताए।

उपसमितिमा सांसदहरु प्रकाश रसाइली, अमृता अग्रहरि, कृष्णकुमार श्रेष्ठ र सरिताकुमारी गिरी सदस्य छन्। उपसमितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने जिम्मेवारी पाएको छ।बिहीबार भएको समिति बैठकमा सांसदहरुले नेटवर्किङ व्यवसायबाट धेरै सर्वसाधरण ठगिएको भन्दै त्यसको वैधताका विषयमा प्रष्ट हुनुपर्ने माग गरेका थिए। नेपालमा हाल सात वटा कम्पनीले नेटवर्किङ व्यवसायका लागि इजाजत लिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया