सामान्य अवस्था तर्फ फकर्दै गरेको स्याङ्जा फेरी पुरानै अवस्थामा

१५ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा । सामान्य अवस्था तर्फ फकर्दै गरेको स्याङ्जा फेरी पुरानै अवस्थामा जान थालेको छ । समुदाय स्तरमा कोरोनाको सङ्मण देखिन थालेपछि स्याङ्जा जिल्लामा कडाई गर्न शुरु हुन थालेपछि फेरी पुरानै अवस्थामा जान थालेको हो । सुरक्षाकर्मी सहित समुदायमा संक्रमण देखिएपछि अन्य समुदायमा संक्रमण फैलिन नदिन जिल्लालाई अत्याआवश्यक बाहेक १० दिनका लागि सबै बन्द गर्ने निर्णय भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार अत्यावश्यक सेवाबाहेक जिल्ला भर सवै सेवा प्रवाहलाई बन्द गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले दश दिनका लागि सेवाप्रवाह बन्द गर्ने निर्णय गरेको हो । यस्तै जिल्ला सुरक्षा समितिले यो भन्दा अगाडि नै जारी गरेको निषेधाज्ञा यथावत रहेको प्रजिअ क्षेत्रीले बताए । जिल्लामा बैंक वित्तिय संस्था, उद्योगी व्यवसाय, होटल लगायत भाडाका सवारी साधनहरुलाई अत्यआवश्यक बाहेक सेवा बन्द गर्न आग्रह गरिएको छ ।

स्याङ्जामा ३९ जना सुरक्षाकर्मी सहित एम्वुलेन्स चालकलाई कोरोना सङ्मण पुष्टी भएपछि जिल्लामा कडाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय यो भन्दा अगाडि नै सिलगरिएको छ भने, सङ्क्रमित प्रहरी प्रमुख एसपी आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् भने अन्य प्रहरीलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको छ । अहिले सम्म स्याङ्जाको पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिका अत्यन्तै जोखिम देखिएको छ । गल्याङ्मा पनि सुरक्षाकर्मी सहित मेडिकल व्यवसायीलाई समेत संक्रमण देखिएपछि नगरपालिकाले पनि उच्च सर्तकता अपनाएको छ । नेपाल प्रहरीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि सदरमुकाममा शसस्त्र प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया