चरित्र हत्या र भ्रम सिर्जना नगर्न अस्पतालको आग्रह

१५ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


बुटवल, १५ साउन । बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्सेज प्रालिले व्यक्ति र संस्थाको चरित्र हत्या र जनमानसमा भ्रम सिर्जना नगर्न आज एक प्रेस विज्ञप्ती प्रकाशन गरी सञ्चारमाध्यमसंग आग्रह गरेको छ । केही अनलाइनले अस्पताल प्रशासन,डाक्टर र फार्मेसी सञ्चालकलाई जोडेर प्रकाशित गरेको समाचारमा कुनै सत्यता नभएको दावी गरेको छ ।

अस्पताल प्रशासन प्रमुख लोकनाथ भुसाल,न्युरो सर्जन डा. सुदिपराज सिंह र फार्मेसी सञ्चालक बसन्त जीसीको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तिमा अस्पताल सञ्चालकहरुमाथि सत्य तथ्य विपरित लाञ्छना लगाएर अपहेलना गरिएको उल्लेख छ । अस्पतालमा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासको ५० प्रतिशत स्वामित्व कायमै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया