वालिङमा जीप दुर्घटना,सहचालको मृत्यु ५ घाइते

प्रकाशित मिति:

गोपिकृष्ण रेग्मी- स्याङजाको वालिङ नगरपालिका वडा नं.१२ लालुपातेमा साँझ करिब ६ः३० बजे जीप दुर्घटना हुदा सह चालक वर्ष १४ का सुदिप गरुङको घटना स्थलमै ज्यान गएको छ । बायाँटारी बाट सिर्सेकोट मैदानको लागि छुटेको जीप करिब १ सय मिटर तल खसेको वडा प्रहरी कार्यलय वालिङले जनाएको छ ।

वलिङ नगरपालिका वडा नं.१२ बस्ने वर्ष ३० की तिलकुमारी गुरुङ,६५ वर्षकी तिल कुमारी थापा वर्ष २८ प्रमिला गुरुङ वर्ष ३३ ममता गुरुङ र वर्ष ४५ मनमाया गुरुङ घाइते भएका छन । घाइते मध्ये तिल कुमारी गुरुङ र तिल कुमारी थापालाई गहा्रै स्वास्थ्य केन्द्र वालिङमा प्राथामिक उपचार पछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ ।

वर्ष २८ प्रमिला गुरुङ वर्ष ३३ ममता गुरुङ र वर्ष ४५ मनमाया गुरुङको सामान्य अवस्थामा वालिङमा उपचार भइरहेको र चालक लिल बहादुर गुरुङलाइ प्रहरी नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यलय वालिङले बताएको छ ।