स्वास्थ्यमा समस्या देखिएपछि भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना

प्रकाशित मिति:

एजेन्सी – स्वास्थ्यमा समस्या देखिएपछि भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् ।पेटमा संक्रमण भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत फेब्रुअरी २ मा पनि उनलाई पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भरिएको थियो । उनलाई बिहीबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।