काठमाडौंका नाकामा गरिएको परीक्षणमा २४ जनामा कोरोना भेटियो

प्रकाशित मिति:

काठमाडौं, साउन १५ : काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमध्ये २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। थानकोट, फर्पिङ र साँगाबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार स्वाब संकलन गरिएका तीन हजार चार सय ७३ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण भेटिएको हो। काठमाडौं प्रवेश गर्ने ८ हजार ५ सय जनाको स्वाब संकलन गरिएको प्रवक्ता गौतमले जानकारी दिए।उनका अनुसार धेरै नमूना परीक्षण गर्न बाँकी रहेकाले संक्रमितको संख्या बढ्न सक्छ।