लोकप्रीय गायक बुद्धिसागर बस्यालको तीज गीत ‘चस्मा लाएर’ बजारमा (भिडियोसहित)

१६ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
136 Shares


लोकप्रिय लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालले पहिलो तीज गीत ‘चस्मा लाएर’ बजारमा ल्याएका छन्। सत्कर्मको संगीत रहेको उक्त गीतमा गायक बस्यालको आफ्नै शब्द र स्वर रहेको छ। बस्यालको गीतमा, ‘गोठतिर गयो भने बस्तु कराउँछन्, ससुराली गयो भने सबै डराउँछन्। बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्दहरु रहेका छन्।

विवेक खड्काले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ।

‘बाजेका पालामा मोहोरपाथी नुुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगायतका लोकप्रिय गीतका गायक बस्यालले लामो समयपछि पहिलोपटक तीज गीत बजारमा ल्याएका हुन्।गायक बस्यालले कोरोना भाइरस, लकडाउन र अहिलेको परिवेशलाई समेटेर तीज गीत बजारमा ल्याएको बताएका छन् । उक्त गीत गायक बस्यालको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया