लोकप्रीय गायक दिपु मगरको मौलिक तीज गीत ” रोगि दिदि” सार्बजनिक

१६ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल – हरितालिका तीजको अवसर पारेर विभिन्न गीतहरुलाइ तीजको गीत भनेर बजारमा सार्बजनिक गरिएको छ । तीजका गीतमा चेली बेटीको पिडा समेट्दै माईति पक्षले चेली बेटीको पिडा सुन्न न सकेर दाजु भाइ लिन जाने कुरा  अझै भनौ नेपाली चेलीको पिडा समेटेर बजारमा सार्बजनिक गरिएका गीत भने बिरलै मात्रामा सुन्न र देख्न पाईन्छ ।

चेलीहरुको पिडा समेटर तयार पारिने गीत तीज गीत हो तर अहिलेको बजारमा तीज गीतको नाम झुण्डाएर नारीहरुको महान चाड हरितालिका तीजकै अपमान गरि छाडा र उरन्ठ्यौला गीत गायक गायिकाले सार्बजनिक गरिरहेको बेला चर्चित गायक दिपु मगरले भने एक मौलिक गीत सांगीतिक बजारमा सार्बजनिक गरेका छन् । उनले ” रोगि दिदि ” नामक गीत बजारमा फालेका छन ।बिगतका बर्षमा जस्तै दिपु मागर संग सांगीतिक सहकर्या भने रेणु राना मगरले गरेको छन् ।

दिपु मगर ,रेणु राना मगरको आवाज रहेको गीत ‘रोगि दिदि ‘को लय तथा शब्द दिपु मगरकै छ । गायक दिपु मगरले नै निर्देशन गरेको गीत रोगि दिदीको म्यजिक भिडियोमा भने बिष्णु भट्टराई को छायांकन तथा सम्पादन रहेको छ ।भिडियोमा दिपु मगर रेणु राना मगर ,बिष्णु भट्टराई बिहानी थापा लगाएत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।बुटवल दैनीक वाट साभार

फेसबुकबाट तपाईको प्रतिक्रिया