भीरकोट नगरपालिका द्धारा आफ्नै लगानीमा ४० शैयाको क्वारेन्टाइन निर्माण कार्य सम्पन्न

प्रकाशित मिति:

चुत्र महत – साउन १६, भीरकोट  , भीरकोट नगरपालिकाले लक डाउन खुकुलो भए सगै विस्तारै विद्यालय खुल्ने र पठन पाठन सुचारु हुने भएपक्षी नगरपालिका भित्र रहेका विद्यालयहरुको संमायोजन भई खाली रहेका सुविधा सम्पन्न सामुदायिक विद्यालयहरुमा क्वारेन्टाईन निर्माण गर्न लागेको छ ।  कोरोनाको कहरको विचमा विदेशवाट आउने भीरकोट वासीहरुलाई विश्व स्वास्थ्य संस्था (डब्लुएचओ) को नियम अनुसार १४ दिन निजि विद्यालयहरुमा क्वारेन्टाईनमा राखिने गरेकोमा विस्तारै शैक्षणिक क्रियाकलाप शुरु हुने भएपछि नगरपालिकाले आफ्नै लगानीमा सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गर्ने कार्यको शुरु गरेको छ ।

निजि विद्यालयमा क्वारेन्टाईन वनाई राखिएका व्यक्तिलाई अव विस्तारै नगरपालिका आफैले निर्माण गरेको क्वारेन्टाईनमा राख्ने नगर प्रमुख छायाराम खनालले वताए । नेपालीहरुको महान चाडपर्वहरु नजिकीदै गरेको हुनाले विदेशवाट नेपाल आउनेहरुको सख्यामा वृद्धी हुने भएकाले पूर्व तयारीका साथ खाली रहेका सामुदायिक विद्यालयहरुमा सुविधा सम्पन्न क्वारेन्टाईनहरु निर्माण गर्न लागीएको भन्दै नगर प्रमुख छायाराम खनालले कोविड १९ को संक्रमणवाट वच्न स्वयम आफै सजक रही वेला वेलामा सावुन पानीले मिचिमिचि हात धुने,सेनिटाईजर र मास्कको नियमित प्रयोग गरे संक्रमण वाट सजिलै वच्न सकिने वताए ।

तत्कालको लागी भीरकोट नगरपालिका वडा न ५ फुलवारीमा रहेको पशुपति आधारभुत विद्यालयमा सुविधा सम्पन्न ४० शैयाको क्वारेन्टाइन निर्माण कार्य सम्पन्न गरेको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए । आवश्यकतालाई मध्यनजर राखी थप क्वारेन्टाई निर्माण कार्यलाई निरन्तरता दिने प्रवत्ता केसीले वताए ।