विराटनगरमा फेरि दुई साता लकडाउन

१६ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


१६ साउन, विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए ।

लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्दो छ,’ मेयर पराजुलीले भने, ‘त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका छौं ।यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने
  • २० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै नेपाल राष्ट्र बैंकले ,ब्याजदर…
  • प्रयोग भइसकेको कण्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ
  • ८ वर्षदेखि सिंगो गाउँ नै पहिरोको जोखिममा, भुजुंगेका ८ घरपरिवार…
  • अब तेजाब छ्यापे २० वर्षसम्म कैद, अरू सजाय के-के ?
  • १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या