उपत्यकामा थपिए ३८ जना कोरोना संक्रमित
१६ श्रावण २०७७, शुक्रबार ० बिचार / प्रतिक्रिया

काठमाडौं, साउन १६ : काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार हस्पिटल सानेपाको प्रयोगशालामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु काठमाडौंका ३२ जना, ललितपुरका पाँच र भक्तपुरका एक जना रहेका छन्।संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता डा : गौतमका अनुसार शुक्रबारमात्रै १५१ जना निको भएर अस्पतालबाट घर फर्किएका छन्।@kathamandupress
फेसबुकबाट तपाईको प्रतिक्रिया