टोलटोलमा पुगेर पढाउदै ग्रिन स्टार बोर्डङ स्कुल

प्रकाशित मिति:

लकडाउनले बिद्यार्थी को पठन पाठन प्रभाबित भए पछि शितगंगाकै अग्रिण शौक्षिक सस्था समेत रहेको ग्रन स्टार इङ्लिस बोर्डिङ स्कुलले विभिन्न ८ वटा टोलमा पुगेर पठन पाठन गराइरहेको प्रिन्सिपल कमल बेल्बासेले जानकारी दिनु भयो ।

लामो समय सम्म बिद्यालय बन्द हुँदा बिद्यार्थीको पढ्ने बानी समेत कम भए पछि अभिभावकहरु समेत चिन्तित बने पछि गुनासो आउन थाले पछि टोल टोलमा शिक्षक पुगेर पठन पाठन गराइ रहेका छन ।दिन भर खेलर समय बिताउने छोराहरु बोर्डिङले गाउमै आएर पठाउन थाले पछि पढ्न सुरु गरेको स्थानिय अभिभावक निरु अधिकारीले बताउनु भयो ।

घर नजिकै गाउका केहि बिद्यार्थी जुटाएर सामाजिक दुरी कायम गराउदै पठन पाठन सुरु गरे पछि अहिले अभिभावकहरुले समेत स्वास्थ मापदण्ड पुराउदै बिद्यार्थी हरुलाई बोडिङ्गले सञ्चालन गरेको गाउघर सिकाइमा पठाउन थालेका छन ।