शितगंगामा समादय स्तरमा कोरोना परिक्षण सुरु जोखिम मानियका क्षेत्रमा पिसिआर परिक्षण

१६ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
14 Shares


शितगंगा नगरपालिकाले आज ५५ जनाको पिसिआर परिक्षण गरेको छ । समुदाय स्तरमा कोरोना देखिन थाले पछि शितगंगा नगरपालिकामा पनि जोखिम मानिएका क्षेत्रमा रहेका ५५ जनाको पिसिआर परिक्षण गरिएको छ आज शितगंगा नगरपालिकाको वडा नम्बर १,२,३,४ र १२ को बिभिन्न क्षेत्रका ५५ जनामा पिसिआर परिक्षण गरिएको शितगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेलले जानकारी दिनु भयो ।

शितगंगा नगरपालिकामा अहिले १ जना मात्र कोरोना सक्रमित रहेका छन । उनि दह आधारभुत बिद्यालयको क्वारेन्टाइनमा रहेका छन केही दिन अघि पिसआर पोजेटिभ आएका शितगंगा नगरपालिका ३ का उनको कोरोना पोजेटिभ रहेको थियो उनी अहिले दह आधारभुत बिद्यालयमा रहेका छन । कोरोना सक्रमण हुँदा समेत क्वारेन्टाइन स्थलमै राखेको भन्दै दह आधारभुत बिद्यालयको क्वारेन्टाइन मा बस्ने तथा वरपरका स्थानिय समेत त्रसित भएका छन । शितगंगा नगरपालिकाको आइशुलेशन ज्योती माबिको क्वारेन्टाइन बनाए पनि १ जनामा त्र रहेकोले मानशिक रुपमा कमजोर हुन सक्ने भन्दै क्वारेन्टाइनमै राखिएको स्वास्थ शाखा प्रमुख पौडेलले बताउनु भयो ।

साथै चिकित्सकले नियमित सुपमै परमर्मस गरेको पौडेलले बताउनु भयो । शितगंगा नगरपालिकामा विभिन्न क्वारेन्टाइन मा गरि २४ जना मात्र बाँकी रहेका छन भने आज ७ जनाको आरडिटी रिर्पोट नेगेटिभ आए पछि घर फर्किएका छन अब शितगंगा नगरपालिकामा १७ जना मात्र क्वारेन्टिनमा रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया