नेविसंघ र तरुण दलको म्याद ६ महिना थप

प्रकाशित मिति:

काठमाडौं, साउन १६ : नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको म्याद ६ महिना थप गरिएको छ।शुक्रबार माउ पार्टी कांग्रेसले नेविसंघ र तरुण दलसहित ९ भ्रातृ संगठनको म्याद ६ महिना थप गरेको हो।

पार्टीको केन्द्रीय समितिको बैठकबाट अनुमोदन गर्ने गरी पदावधि समाप्त भएका नेविसंघ, तरुण दलसहित ९ भ्रातृ संगठनको म्याद थप गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।