प्रदेश सभा सांसदहरुद्वारा बकर ईदमा शुभकामना व्यक्त

१७ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट-बुटवल, १७ साउन । इस्लाम धर्मावलम्बीहरुको महान चाड बकर ईदको अवसरमा रुपन्देहीका प्रदेश सभा सांसदहरुले शुभकामना सन्देश व्यक्त गरेका छन् । रुपन्देही– ५ (२) का प्रदेश सभा सदस्य फखरुद्धिन खान, रुपन्देही–४ का सांसद वसी उद्दिन खां र रुपन्देही–३ (१) का सांसद सन्तोष पाण्डेले ‘बकर ईद’को अवसरमा आ–आफ्नो निर्वाचन क्षेत्रका जनता र समस्त देशवासीमा सुख, शान्ति , समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाली कांग्रेसका सांसदहरु फखरुद्धिन र वसी उद्दिन तथा जनता समाजवादी पार्टीका सांसद एवं संसदीय दलका सचेतक सन्तोष पाण्डेले शनिबार बिहान छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’ का नामले मनाइने बकर ईद पर्वले समाजमा आपसी भाइचारा, भातृत्व र बन्धुत्वको सम्बन्ध र सामाजिक सद्भाव अझ प्रगाढ बनाउनुका साथै आफू भन्दा कमजोर वर्गलाई गच्छे अनुसार सहयोग÷दान गर्नुपर्छ भन्ने भावनाको अझ विकास गराउने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल वहु भाषिक, वहु धार्मिक र वहु सांस्कृतिक देश भएकाले राज्यले सबै धर्म र संस्कृतिलाई समान व्यवहार र सम्मान गर्नुपर्ने आग्रह गर्दै सांसदहरुले नेपाली समाज धार्मिक सहिष्णुता, एक अर्काे धर्मसंगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्छ भन्ने कुराको पनि यो चाडले सन्देश दिने शुभकमना सन्देशमा उल्लेख गरेका छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिनमा यो पर्व मनाइन्छ । हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको केही प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया