‘बकर इद’ पर्वको काँग्रेसका सभापति देउवा द्धारा शुभकामना व्यक्त

प्रकाशित मिति:

काठमाडौं, साउन १७ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद’ को पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् ।

इस्लाम धर्मावलम्वीको पवित्र पर्व ‘बकर इद’ का अवसरमा आज उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षार्थ अझ बढी जिम्मेवार रहनुहुनेछ भन्ने विश्वास लिएका छन् ।