कर्मचारीले नेतालाई पनि आफूजस्तै बनाउन खोजेका कारण समस्या आयो–प्रचण्ड

२१ कार्तिक २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
8 Shares

File

कात्तिक २१, २०७५ पोखरा– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश असफल भयो भने गणतन्त्र संघीयता र सम्पूर्ण अधिकार असफल हुने बताएका छन् । उनले प्रदेश सरकारलाई प्रदेश सभालाई कसरी प्रभावकारी बनाउने भन्ने प्रश्न अहिलेको  सबैभन्दा महत्वपूर्ण विषय भएको उनले बताए ।

गण्डकी प्रदेशको पोखरामा पत्रकारहरुसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले स्थानीय सरकार गाउँविकास समितिको संरचना यस अघिको व्यवस्थामा पनि भएपनि प्रदेश सरकार नौलो भएकाले केही जटिलता सिर्जना भएको बताए ।

सिंहदरबारको अधिकार प्रदेशमा र स्थानीय तहमा पु¥याउनका लागि प्रदेशको व्यवस्था संविधानले गरेको भन्दै प्रचण्डले व्यवहारमा प्रदेश चाँही नचाहिँदो रुपमा थोपार्देको जस्तो हुनु गम्भीर रहेको बताए ।

प्रदेशले गति लिन नसक्नु आवश्यक कर्मचारी पाउन नसक्नु भवनहरु बन्न नसक्नुमा राजनीतिक नेतृत्व र स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रबीचको तादम्यता र एकरुपताको कमी भएको प्रचण्डको भनाइ छ ।

‘विश्वको इतिहासमा सिस्टम परिवर्तन भयो भने कर्मचारीतन्त्रको एउटा लेयर हटाइन्छ’ प्रचण्डले भने ‘ परिवर्तनलाई संस्थागत गर्न नयाँ सिस्टमप्रति लोयल भएका कर्मचारीलाई प्रमोट गरिन्छ तर हाम्रो देशमा यस्तो गरिँदैन जसले केही समस्या ल्याएको छ ।’

‘कुनै पनि आन्दोलन संघर्षपछि नयाँ व्यवस्था आएपनि ‘व्यूरोक्रेसि’ पुरानै रहन्छ । जसले नयाँ परिवर्तनलाई स्वीकारी सकेको हुँदैन र त्यसले नेतालाई पनि आफू जस्तै बनाउँछ जसले गर्दा समस्या आउँछ’ प्रचण्डले भने ।

संघीयता कार्यन्वयनका लागि आवश्यक कर्मचारी सिंहदरबार छोडेर तल जान नचाहने र  सरकारले त्यससँग सम्झौता गर्न नसक्ने भएका कारण केही समस्या देखिएको प्रचण्डको भनाइ थियो ।

दीर्घकालिन महत्वका काम

प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकारले दीर्घकालिन महत्वका धेरै विषयमा सफलता हात पारिरहेको बताए ।

लाह्सा लुम्बिनी रेल मार्ग, पूर्व पश्चिम रेल, छिमेकीसँगको सम्बन्ध लगायतका कुरामा सरकार सफल भएको प्रचण्डको भनाइ छ ।

‘एतिहासिक र रणनितीक पूर्वाधार बनाउने कुरामा सरकार सफल छ’ प्रचण्डले भने ।

संविधानले असोज तीन भित्र मौलिक अधिकारका सबै ऐन बन्नुपर्छ भन्ने संवैधानिक व्यवस्था अनुसार सरकारको ध्यान त्यसतर्फ केन्द्रीत भएका कारण अन्य विषयमा केही कम कम काम भएको प्रचण्डको भनाइ थियो ।

‘यस्तो बलियो सरकार भएपछि खाल्टाखुल्टी पुरियोस् पीच भइहालोस्, मूल्य घटिहालोस् भन्ने जनताको चाहना स्वभाविक हो’ प्रचण्डले भने,‘वर्षा गएको छ अब सरकारले ‘गियर’ बदल्ने समय असाएको छ अब जनताले केही महसुस गर्न सक्ने काम हुनेछ ।’

उनले पार्टी एकता र सरकारको कामलाई ‘रिभ्यु’ गर्ने प्रयास सुरु भइसकेका बताए ।

जे उदेश्य राखेर कम्युनिष्ट पार्टी गठन भएको थियो त्यो पूरा हुने प्रचण्डको दाबी छ ।

‘प्रगति गरेपनि नकारात्मक सोच आउँने जे गरेपनि रिस गर्ने पर्ने जुन अवस्थाको विकास भएको छ त्यसले फाइदा गर्दैन’ प्रचण्डले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…
  • समृद्धि फाइनान्सको २००% हकप्रद असोज १६ बाट निष्कासन हुने, कहिलेसम्मका…
  • सहकारीमा पनि घट्ने भयो ब्याजदर, यस्तो छ नयाँ व्यवस्था
  • समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड…
  • बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित
  • सतोगुण : संयमित, सन्तुलित र श्रेष्ठ जीवनका लागि
  • आज  मंगलबारको राशिफल
  • पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट