मानवअधिकार तथा सञ्चारकर्मीद्वारा इ.प्र.का. बुटवलमा अनुगमन

१७ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
23 Shares


बुटवल,१७ साउन । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालसहित सञ्चार तथा कानून व्यवसायी एवं समाजसेवीहरुको एक प्रतिनिधि मण्डलले शुक्रबार बुटवलको एक सुकुम्बासी वस्तीबाट प्रहरीद्वारा गिरफ्तार गरिएका विप्लव समूहका जिल्ला सेक्रेटरी सहित पार्टीका सर्मथक तथा शुभेच्छुकहरुका बारेमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतित सिंह राठोरलाई भेटी उनीहरुको अवस्था बारे जानकारी लिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख राठोरले सरकारको नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा उहाँहरुलाई गिरफ्तार गरिएको बताउनु भयो । सो प्रतिनिधि मण्डलमा संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडी,राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार अधिवक्ता बालकृष्ण चापागाईं,नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार विष्णु भुसाल,अधिवक्ता तथा मानवअधिकारकर्मी पदम कार्की,कान्ति मा.वि. व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्मालगायत हुनुहुन्थ्यो ।

शुक्रबार गिरफ्तार विप्लव समूह रुपन्देहीका सेक्रेटरी संगम पुनसहित बिष्णु भट्टराई, नाथुप्रसाद थारु,सरिता बराह, पारस राहादी मगर, बलबहादुर दर्जी, माधव न्यौपाने, तुल्सीराम भण्डारी, रोशन रिजाल, समाजसेवी अजमहमद मिया समेत १० जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया