रोहिणी गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

१७ श्रावण २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


भैरहवा । रोहिणी गाउँपालिकाले आईतबार र सोमबार सार्वजनिक बिदा गरेको जनाएको छ । ईद–उल–अजहा (बकरीद)को अवसरमा आईतबार तथा रक्षाबन्धनको अवसरमा सोमबार गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै आईतबार तथा सोमबार गाउँपालिका र यस अन्र्तगतका सम्पूर्ण कार्यालय एवम शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदाको घोषणा गरेको हो । गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले कोभिड–१९ का कारण बिषम परिस्थिति रहेको कारण सावधानीपूर्वक पर्वहरु मनाउन अपिल गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया