मौलिकता र संस्कृतिको संरक्षण गर्नुपर्छ भन्दै कार्की दम्पतीले निकाले तिज गित ‘बामरी

प्रकाशित मिति:

बुटवल – तिजका गितले एतिखेर बजारमा छुट्टै रौनक लिइरहेका छ्न । त्यसैक्रममा केही समय अगाडि एक मौलिक तिज गीत ल्याएकी वरिष्ठ लोक गायिका शिवा आले कार्कीले अहिले फेरि तिज नजिकै आइरहेको समयमा अर्को त्यस्तै मौलिक ‘बामरी’ बोलको गीत ल्याएकी छन् । उनकै श्रीमान् वरिष्ठ गायक बम बहादुर कार्कीको शब्द सिर्जना र संगीत रहेको गीतमा गायिका कार्कीलाई अर्की गायिका गीता श्रेष्ठले आवाजमा साथ दिएकी छन् ।

त्यस्तै, मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गराएको उक्त गीतमा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ । बम बहादुर कार्कीको युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियो निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको हो ।

दुर्गा पौडेलले छायांकन गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका छन् । डान्सर एवं मोडल रुविना अधिकारीले उक्त भिडियोमा उत्कृष्ट नृत्य प्रस्तुतिका साथ अभिनय गरेकी छन् । उनिसँगै अन्य कलाकारहरुको पनि भिडियोमा नृत्य देख्न सकिन्छ । परम्परा अनुसार चल्दै र हरेक चिजमा समावेश हुँदै आएको बामरी फूललाई उठान गरेर गीतको भिडियो बजारमा ल्याएको बम बहादुर कार्कीले बताए ।

‘शिरैमा लाउँनी शिरफूल मेरो, दिदीबहिनी हो खस्योनी भुइँभरी…’ छम्म र छम्म नाँचिदेउ संगी हो, दिदीबहिनी हो पुतली झैँ गरी लगायतका शब्द उक्त गीतमा समावेश गरिएको छ । विगतदेखि चल्दै आएको परम्परालाई सम्झना गरेर गीत ल्याएको गायक कार्कीको भनाइ छ ।

भिडियो :-