एसएसपीसहित ३७५ क्वारेन्टाइनमा

१८ श्रावण २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन १८ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना देखिएपछि महाशाखाका एसएसपीसहित तीन सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। शुक्रबार महाशाखाका दुई जना ट्राफिक प्रहरीमा कोरोना देखिएको हो। त्यसपछि महाशाखालाई नै सिल गरिएको छ।

महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित तीन सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ। ‘दुई जनालाई कोरोना देखिएपछि शुक्रबारदेखि नै सबै क्वारेन्टाइनमा बसेका छौं,’ एक ट्राफिक प्रहरी इन्स्पेक्टरले भने।

कोरोना देखिएका दुवै जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। क्वारेन्टाइनमा रहेको एसएसपी ढकालसहित सबैको स्वाब संकलन गर्न लागिएको छ। कोरोना देखिएका दुई जनाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जनाएको छ।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन
  • प्रदेश ५ : विभिन्न घटनामा एकैदिन ७ जनाको शव फेला
  • पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु
  • बाढी प्रभावीत क्षेत्रमा नेपाली कांग्रेसका नेताहरु द्धारा अवलोकन