भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा , साउन १८ गते । भलवारी ब्याडमिन्टन क्लवको प्रथम बार्षिक साधरण सभा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले क्लबका अध्यक्ष के एन सागर ज्ञवालीको बार्षिक प्रतिबेदन एवं क्लवका कोषाध्यक्ष सन्तोष लम्सालको आर्थिक प्रतिबेदन सर्बसम्मतिले पारित गरेको छ भने शूरूवाती ७ सदस्यीय समितिलाई विस्तार गरि हाल २२ सदस्यीय बनाईएको छ ।

सो अवसरमा बोल्दै क्लवका अध्यक्ष केएन सागर ज्ञवालीले सम्पूर्ण ७ न। वडालाई समेट्ने गरि ४ वटा कोर्ट एवं सुविधा सम्पन्न पार्किगं सहितको ब्यवस्थित कभर्ड हल बनाउने गरि क्लव अगाडी बढेको जानकारी दिए । त्यसका लागी भलवारीकै पानी टंकी पछाडी ६ कठ्टा जग्गा समेत नगरपालिकाले छुट्टाईसकेको जानकारी दिए । अध्यक्ष ज्ञवालीले करीब २ करोड ७९ लाख रूपियाँको लागतमा बन्ने कभर्ड हलको डीपीआर समेत बनिसकेको अवस्थामा सबैको साथ र सहयोग रहे अब यै हिउँद महिनाबाट क्लवको आफै खेल मैदानमा सामान्य खेलहरू खेल्न मिल्ने गरि तैयारी भैरहेको जनाए ।सो अवसरमा बोल्दै प्रमुख अतिथि दुर्गा प्र पाण्डेले नगरको ७ नम्बर वडामा सम्पुर्ण वडावासीका लागी एउटै तर सुविधा सम्पन्न कबर्डहल बनाउन सहयोग गर्ने र त्यसको लागी बजेट जोहो गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गरे ।साथै उनले सम्पुर्ण ७ नम्बर वडाका खेलाडिहरुलाई समेटने गरी भलवारी ब्याडमिन्टन क्लवले ठूलो संजाल बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले कर्भड हलका लागी तत्काल कम्तीमा पनि १० लाख रकम नगरपालिकाबाट छुटयाउन पहल गर्ने बताए । कार्यक्रममा वडा नम्बर ७ का जनप्रतिनिधि देबि प्रशाद पंगेनी, तिलोत्तमा नगरपालिका खेल उपसमिति सदस्य प्रेम जिएम, मधवलिया ब्याडमिन्टन क्लवका अध्यक्ष केशव चौधरी, लुम्बिनि स्पोर्ट्स क्लवका प्रत बहादुर पुन, अरूण भट्टराई लगायतले बोलेका थिए । सोही अवसरमा पाठक सिमेन्ट उद्योगद्घारा सहयोग स्वरूप क्लवलाई प्राप्त जर्सी प्रदर्शन एवं वितरण समेत गरिएको थियो । कार्यक्रम क्लवका सचिव दीपेन्द्र रानाको सन्चालन र उपाध्यक्ष बिनोद कुमार श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।