गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न परिवारलाई जस्तापाता बितरण

प्रकाशित मिति:

१८ साउन,गैडहवा- रुपन्देहीको गैडहवा गाउपालिकामा फुसको छानो भएका करिव १ सय ८० घरपरिवारहरुलाई मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत जस्तापाता बितरण गरिएको छ। मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई टिनको छानो लाउने कार्यक्रम अन्तर्गत गैडहवा गाउपालिकाका १ सय ८० बिपन्न घरपरिवारहरुलाई प्रति परिवार १०१० थान जस्तापाता बितरण गरिएको मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमका सहजकर्ता घनश्याम तिवारीले जानकारी दिनु भएको छ ।

फुसको छानो भएका बिपन्न घरपरिवारहरुलाई सम्बोधन गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले गैडहवा गाउपालिकाकालाई फुसको छानोमुक्त गाउपालिका बनाउने गाउपालिकाको लक्ष्यलाई मुर्तरुप दिन मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमले महत्वपुर्ण सहयोग गरेको बताउनु भएको छ।यस कार्यक्रमले गैडहवा गाउपालिकाका फुसको छानो भएका बिपन्न घरपरिवारहरुलाई निकै राहत दिने र आफ्नो घरमा भएको फुसको छानो हटाई मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट उपलब्ध भएको जस्तापाताले छाउनु पर्ने बताउनु भएको छ। आगामी बर्षमा अन्य बिपन्न परिवारहरुको घरलाई पनि जस्तापाताले छाएर फुसको छानो मुक्त पालिका बनाइने बताउनु भएको छ।

यसैगरी उपाध्यक्ष सुभावती यादवले स्थानिय तहमा जननिर्वाचित जनप्रतिनीधि गठन भएपछि गैडहवा गाउपालिकामा भएका फुसको छानो हटाउने गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटको सपनालाई साकार बनाउनमा हरेक जनप्रतिनीधि र बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ । अव गाउपालिकाका सबै फुसको छानोहरु हटाएर टिनको छानो लगाउने कार्य पनि छिटै सम्पन्न गरी गाउपालिकालाई फुसको छानोमुक्त बनाइने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । यसैगरी नेपाल कम्युनिष्ट पार्टी नेकपा,गैडहवा गाउकार्य समितिका सचिव चन्द्रप्रकाश घर्तिले राज्य ब्यबस्था परिवर्तनका लागि भएका बिभिन्न समयका राजनैतिक आन्दोलनबाट प्राप्त उपलब्धी नै संघिय गणतन्त्रात्मक ब्यबस्थाले बिस्तारै जनतामुखी कार्यक्रम र बिपन्न परिवारहरु लक्षित कार्यक्रमहरु समेत ल्याउनको लागि स्थानिय सरकारहरुको भुमिका महत्वपुर्ण रहने बताउनु भएको छ।

गैडहवामा रहेका फुसको छानो हटाई हरेक बिपन्न घरपरिवारको घरमा टिनको छानो लगाएर फुसको छानोमुक्त गाउपालिका बनाउने गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटको सपनालाई मुर्त रुप दिन गत आ।व। २०७६०७७ को बजेटबाट जस्तापाता खरिद गर्नका लागि बनेको उपभोक्ता समितिका संयोजक महादेव पौडेलले पालिकाका ९ वटै वडाहरुवाट प्रति वडा २० बिपन्न घरपरविारहरुको छनौट गरी आज जस्तापाता बितरण गरिएको हो ।वडा नं। १ का वडा अध्यक्ष प्रदिप कुमार चौधरीको अध्यक्षतामा भएको जस्तापाता बितरण कार्यक्रमको सहजीकरण गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबी घिमिरेले गर्नु भएको थियो ।