अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।

प्रकाशित मिति:

सानुवावु सीलवाल । १० हजार डलरसम्म साथमै बोकेर अमेरिका डलर भित्र्याउन पाउनु हुन्छ​। लेगल अर्थात कानुनि हिसाबले कमाएको कानुनि हिसाबबाटै बैङ्किङ्ग बित्तिय सस्थाहरुबाट अमेरिका भित्र्याउन कुनै रोकतोक छैन र अमेरिकाबाट बित्तिय सस्थाकै नियमसङ्गत हिसाबले त्यहि लिमिट दायरामा बसि बाहिर डलर ट्रान्सफर गर्न वा डलर पठाउन पाउनुहुन्छ तर मनि लन्डरिङ्गको अमेरिकि कानुन​, अन्तराष्ट्रिय मुद्रा कोष एबम बित्तिय नियमसम्मत रहि रकम ल्याउन र लैजान एबम ट्रान्सफरको समस्या भ​एन तर कानुनि लेगल मनि नभ​एको, कर नतिरेको वा कानुन सम्मत ढङ्गले कमाएको नदेखिए रकम सिज मात्रै होइन यस्ता कारोबारमा सम्बद्द ब्याक्ति वा सस्थालाइ हदैसम्मको कार्वाहि ब्योहोर्नु पर्ने हुन्छ​।

नेपाल राष्ट्र बैङ्कले डलर बाहिर जान दिदैन​। तपाइले ५ हजार डलरसम्म कानुनि हिसाबले बाहिर ल्याउन पाउनुहुन्छ तर यसको पनि कमाइको कानुनि आधार झल्किनु पर्ने हुन्छ​। त्यसैले कानुनि डलर अमेरिकाको हकमा मान्य छ तर रकम खातामा देखियो उक्त रकमको कानुनि आधार देखिएन भने समस्यामा पर्ने हुन्छ र सजायको भागिदार त बन्नै पर्दछ। यदि कथमकदाचित हुन्डिबाट कारोवार वा लेनादेन गरिए आर्थिक अपराधको ठुलै सजाय भोग्नु पर्ने हुन्छ अमेरिकामा। तपाइसङ्ग नगद छ, उक्त नदगको कानुनि आधार नदेखिए डलर जफत हुने र जेल समेत जानसक्नेछ​। कुनै रकम बैङ्कको खातामा छ र उक्त रकमको कानुनि आधार र कानुनि कारोबार नदेखिए बैङ्कले खाता क्लोज मात्रै होइन आइ आर एस अर्थात आन्तरिक कर सेवालाइ मनि ट्रान्जेक्सन रिपोर्ट करेन्सि ट्रान्जेक्सन रिपोर्ट सि टि आर तुरुन्तै रिपोर्ट गर्नेछ​। कुनै पनि नगद क्यास कारोबार, कमाइ र लेनादेन अकानुनि हिसाबबाटै बित्तिय सस्था भन्दा बाहिर गै कारोबार गरिएको पत्ता लागे जेल, हर्जना र मनि सिज हुनसक्दछ​।

कतिपय नेपालिहरुले नेपालमा आफु र आफ्न्त मार्फत उतै आफ्नै वा सम्बन्धित मानिसल​ऐ रकम दिएर त्यो रकम बराबरको सापोनापो यता अमेरिकामा तिनका आफन्त वा परिवारको सदस्यबाट बुझ्ने गरिन्छ​। यो गैरकानुनि काम हो तर ब्यबहारिक हिसाबले कथमकदाचित यस्तो सापोनापोको काम गर्नु भयो भने रकम बुझ्दा क्यासमै लिनु होला। चेक मार्फत वा मनि अर्डर मार्फत वा क्यासियर चेक मार्फत बुझ्नु भयो भने हेक्का राख्नुहोस तपाइ कुनै पनि बेला ट्रबल अर्थात कानुनि समस्यामा जाकिदै हुनुहुन्छ​। त्यसैले नेपालमा भ​एको आफ्नो सम्पति, जायजेथा बिक्रि गरि रकम अमेरिका ल्याउन कानुनि हैसियतमा अमेरिकालाइ समस्या भ​एन तर नेपाल सरकार​, नेपाल राष्ट्र बैङ्क र बित्तिय सस्थाहरुले तपाइलाइ यस्तो गर्न वा भनेजस्तो रकम ट्रान्सफर गर्न दिदैन​। होस पुर्याउनु अमेरिकाबाट बाहिर रकम पठाउदा, क्यास डलर साथमा बोकेर ल्याउदा, डलर बित्तिय सस्थाहरुबाट अमेरिका भित्र्याउदा तपाइसङ्ग कानुनि हैसियत र आधार हुनुपर्नेछ​।

नेपालको घरजग्गा, जायजेथा बेचेर उतैको बैङ्कमा राख्न पनि तपाइ यदि ग्रिन कार्डमा हुनुहुन्छ त्यो ठिकै छ तर तपाइ अमेरिकि नागरिक हुनुहुन्छ र आफ्नो सम्पति जायजेथा बेचेर नेपालकै बैङ्कमा राख्नु भयो, उतै किनबेच गर्न थाल्नु भयो र अमेरिकि सरकारलाइ लुकाउनु भयो भने कुनै पनि बेला तपाइ महङ्गो फाइन र लामो समयका लागि जेलको यात्रा तय गर्नुहुनेछ​। बढि बाठ्ठो भ​एर, काम न काजका मानिसका कुरा सुनेर आर्थिक अपचलन, कारोबार र ल्याउने लाने र उतै राख्ने काम अमेरिकन नागरिकको हैसियत र स्थायि बासिन्दाको हैसियतमा गर्नु भयो भने तपाइको साँढे सात दशा सुरु भयो भनेर जान्नु।