एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न

१९ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


कोभिड –१९ अर्थात कोरोना त्रासका बाबजुद पनि एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न भएको छ । जापानको नागोया शहरमा आयोजना गरेको उक्त सम्मेलनमा जापानभरका ९ क्षेत्रीय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि गरी झण्डै ७० जनाको सहभागिता थियो । कोरोनाको त्रासका कारण र जापानभर नै लकडाउन रहेकाले अघिल्लो पटक मिति तोकिएको भए पनि कार्यक्रम स्थगित गरेको थियो । यस पटकको सम्मेलन साउन १८ गते गर्ने भन्दा रोग केही नियन्त्रण भइसकेको तर मिति नजिकिँदै जाँदा भने केही अप्ठेरो परिस्थिति रहेको भए पनि सम्मेलन सम्पन्न गरेको एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले राससलाई जानकारी दिए ।

कार्यक्रममा राजनीतिक दलको प्रतिनिधिका रुपमा बाबुराम भण्डारीले कोरोना रोगको प्रकोप अझै बढिरहेकाले सबै नेपाली भाषी समुदायलाई सहयोग पुउनुपर्ने बताए । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको अध्यक्षता सम्पन सो समेलनमा एनआरएनए आइसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिकका संयोजक गोविन्द श्रेष्ठ र सम्मेलनको संयोजक तथा एनआरएनए जापानका क्षेत्रीय उपाध्यक्ष दीपक केसीले सम्मेलनको विविध पक्षमाथि धारणा राखे । एनआरएनए जापानमा हाल नौ वटा क्षेत्रीय समिति तथा एक तदर्थ समिति रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव