उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै

प्रकाशित मिति:

बुटवल – पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज १२ दिन पुरा भएको छ । १२ दिन सम्ममा नेपाल विद्यार्थी संघका ५० बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् ।

विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघ पोखरा विश्वविद्यालयका जुझारु नेता राजन भण्डारीले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ ।

नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यत्रबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐक्यबद्धता जनाएको छ ।

उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ती, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत काम प्रभावित भएको छ । जिम्मेवार पदाधिकारी नहुँदा विश्वविद्यालयमा अध्ययनरत ४० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

सन् १९९६ मा स्थापित विश्वविद्यालयका चार आंगिक र देशभर ५५ वटाभन्दा बढी सम्बन्धन प्राप्त कलेज छन् ।