तिहारमा मिठाई खाँदै हुनुहुन्छ ? … सावधान !

प्रकाशित मिति:

कात्तिक २१ बुटवल । तिहार फलफुलको मात्र नभई मिठाईको चाड पनि हो । हाम्रो चाडपर्व पनि गजवका छन । दशैंमा खाएको मासु र बोसो तिहारमा मिठाईले पखाल्नु पर्ने । स्वास्थ्यका लागि मासु र मिठाई दुवै हितकर मानिन्न । त्यसमाथि पनि चाडवाडको समयमा यी दुवै खाद्य वस्तुको प्रयोग आम नेपालीले निर्भिकताका साथ गर्ने गर्छन ।

जुन स्वास्थ्यका लागि घातक मात्र नभई अति घातक मानिन्छ । तिहारमा विभिन्न प्रकारका मिठाई एवं मिठाईजन्य परिकार खाने र ख्वाउने चलन छ । मिठाई प्रायः मैदा, दूध वा दुग्ध पदार्थ, चिनी, घिउ, तेल आदिबाट तयार पारिन्छ । मिठाईका यस्ता परिकारलाई चिल्लो पदार्थ, प्रोटिन तथा कार्बोहाइड्रेडमा वर्गीकृत गर्न सकिन्छ ।

तिहारमा घरमा बनाइएको मिठाईमा होस् वा बजारबाट किनिएको होस् । प्रायः मिसावट गरिएका खाद्य पदार्थ प्रयोग भएको पाइन्छ । मिठाईमा विभिन्न रंगसमेत प्रयोग हुन्छ । यस्ता मिठाईहरू आकर्षक भए पनि विभिन्न रोग निम्त्याउने खालका हुन्छन् ।  कतिपय मिठाईमा रातो रंग हालिएको पाइन्छ ।

रातो रंगका लागि फास्टरेड कार्मोइसिन नामक रसायन प्रयोग गरिन्छ, जसले रगतलाई रातो बनाउने हेमोग्लोबिनमा क्षति पु¥याउनुका साथै रक्तअल्पताजस्तो रोगसमेत निम्त्याउँछ ।

त्यस्तै पहेंलो रंगका लागि सेन्सेटको एफसीएफ प्रयोग गरिन्छ । त्यसले शरीरमा प्रतिकूल असर पु¥याउछ । त्यसैगरी अधिकांश पेयपदार्थको रंग एवं बाक्लोपनलाई सुरक्षित राख्न ब्रोभिनेटेड तेल प्रयोग गरिन्छ । यसले मानिसहरूमा बाँझोपन ल्याउने खतरा हुन्छ । मिठाईमा जथाभावी विभिन्न रंग प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुँदा यस्ता मिठाई बनाउँदा खान हुने र नहुने रंगको जानकारी राखी उपभोक्ताहरूको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ । त्यसो त मिठाईमा प्रयोग गरिने सबै प्रकारका रंग स्वास्थ्यका लागि हानिकारक नै हुन्छन् भन्ने छैन ।

आवश्यकताभन्दा बढी प्रयोग गरिँदा सामान्य मिठाई पनि विषाक्त हुनपुग्छ । विशेषज्ञहरूका अनुसार मानिसलाई लाग्ने विभिन्न रोगमध्ये ९० प्रतिशतभन्दा बढी रोगको कारण असुरक्षित खाद्यपदार्थ नै हो । रीरका लागि आवश्यक पर्नेभन्दा बढी चिल्लो खाए त्यो शरीरमा जम्मा हुन थाल्छ र त्यसबाट बोसोको मात्रा बढी भएर शरीर मोटो र थिलथिलो हुन्छ । त्यति मात्र नभई चिल्लो बढी भएका खानेकुरा खाँदा ग्याष्टिक, उच्च रक्तचाप, हृदयघातजस्ता घातक रोग उत्पन्न हुन सक्छन् । त्यसैले चाडपर्वहरूमा बजारबाट मिठाई खरिद गर्दा अथवा घरमै बनाउँदा पनि होस पु¥याउन आवश्यक छ । जस्ले चाडवाड र सवैको स्वास्थ्यलाई स्वादिलो बनाओस् ।

थप समाचार