शिलु भट्टराई र नन्दु परियारको ‘ठुल्दिदी’ बजारमा !

प्रकाशित मिति:

बुटवल – हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्व हरितालिका तीज आगनमा आए संगै तिजगितले सबैको मन र मस्तिष्कमा गुञ्जिन सुरु गरेका छन । यसैक्रममा लोकदोहोरी क्षेत्रमा क्रियाशिल कलाकारहरुको एकपछि अर्को गर्दै तीज गीतहरु बजारमा आउन थालेका छन् । यसैबीच अत्यन्तै आशा अनि भरोसा बोकेका गुल्मेली द्वय कलाकारहरु शिलु भट्टराई र नन्दु परियारले नेपाली चेलीबेटीहरुको बेदना संगै मौलिकता र यथार्थतालाई मध्यनजर गरेर तिजि कोसेली ‘ठुल्दिदी’ बजारमा ल्याएका छन ।

२०७७ सालको नविनतम (ठुल्दिदी) तिजि कोसेलीमा लोक दोहोरीका अत्यन्तै लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीले उत्कृष्ट शब्द सृजनामा शिलु भट्टराई र नन्दु परियारको स्वर रहेको छ । आर्टिष्ट म्युजिक युट्युब च्यानलबाट बजारमा आएको शिलु र नन्दुको तीज कोसेली (ठुल्दिदि) एल्बममा नन्दु परियारकै लय सृजना गरेका छन भने निर्देशन र सम्पादन बिष्णु भट्टराईको रहेको छ ।

पृथक र समाजको यथार्थता बोकेको गीत ठुल्दिदीमा अभिनय शिलु भट्टराई, गणेश सापकोटा, सुमन पौडेल, दिपा बेल्बाँसे, सुनिता पोखरेल, एन्जिला भट्टराई,अनिश कंडेल, रिता गैरे, प्रीन्सी सापकोटा, कृष्ण बेल्बासेको रहेको छ ।
हेर्नुहोस भिडियो : –