मालिकामा उत्पादनमा आधारीत अनुदान : कृषक उत्साहित

प्रकाशित मिति:

मनोज कार्की – गुल्मी,१९ साउन ÷ जिल्लाको मालिका गाउँपालिकामा उत्पादनमा आधारित अनुदान वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ अर्जेमा उत्पादनमा आधारित अनुदान वितरण गरिएको हो ।मिलीजुली कृषि तथा पशु विकास महिला सहकारी मार्फत अनुदान बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । यस अनुदानबाट १ सय २४ जना कृषक लाभम्बित भएको मालिका गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानाकारी दिए ।

गाउँपालिकाले अनुदानवापतको १६ लाख३४ हजार किसानलाई बितरण गरेको छ । वडा नम्वर ६ अर्जेकीदिपा अर्याललेउत्पादनमा आधारीत अनुदानवापतको ३१ ह्जार रकम प्राप्त गरेकी छिन् । त्यस्तै वडा नम्वर ८ मर्भुङ्गकी सरस्वती खड्काले उत्पादनमा आधारीत अनुदानवापतको २८ हजार सात सय रकम प्राप्त गरेकी छिन् । यति मात्रै गाउँपालिका भित्र रहेका थुप्रै कृषकहरुले उत्पादनको आधारमा अनुदान पाएका छन् । अनुदान कार्यक्रमले मालिका गाउापालिकाका कृषकमा उत्पादन गर्नमा हौसला मिलेको पाइएको छ ।

अर्जेको मिलिजुली कृषि तथा पशु बिकाश महिला सहकारी मार्फत मालिका गाउँपालिकाका सबै वडामा लागु गरिएको छ । यसमा दर्लिङ्ग ,घमिर,मर्भुङ्ग, अर्जै,अर्खाबाङ्ग लगाएका वडामा लागु गरिएको कार्यक्रम सबै वडामा लागु गर्ने तयारीमा मालिका गाउँपालिका लागि रहेको छ । गाउँपालिकाले कृषि उपजको उत्पादनमा बृद्धि गर्न र कृषकलाई हौसला दिन कृषि क्षेत्रलाई प्राथामिकतामा राखेर अघि बढेको गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले जानकार िदिए ।