राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ

प्रकाशित मिति:

पुनहरि बेल्बासे ।भैरहवा– राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग पैसाको लेनदेन गरिरहेको अवस्थामा रानालाई पक्राउ गरेको जनाएको छ ।

गुट्खा व्यापारी अनिलकुमार झा सँग २ लाख रुपैँया लिँदै गरेको अवस्थामा बुटवल उपमहानगरपालिका १३ बुद्धचोकबाट उनलाई रङ्गेहात पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भूसालले जानकारी दिए । भूसाल अख्तियार प्रमुख भएर बुटवल आइसकेपछि घुसखोरीहरु धमाधम पक्राउ परिरहेका छन् । रुपन्देहीमा मालपोत कार्यालय, नापी कार्यालय, भैरहवा भन्सार कार्यालय, राजश्व अनुसन्धान कार्यालय र स्थानीय तहका उच्चपदस्थ व्यक्तिहरु घुसकै लेन गर्छन् भन्ने कुरा जानकारी भएकोले विशेष अनुसन्धान तथा निगराइ भइरहेको प्रमुख भूसालले बताए ।