पुर्वान्चलका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ

प्रकाशित मिति:

हरिश ढकाल -बुटवल, २० साउन । बुटवल उपमहानगर वडा नम्बर पाँच राधाकृष्ण टोलस्थित पुर्वान्चल होटेलका संचालक सहित चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आई होटेल क्वारेन्टाईनमा बसेका २ जनामा कोरोना भाईरस संक्रमण भेटिएपछि शिल गरिएको बुटवल ५ राधाकृष्ण टोलस्थित पुर्वान्चल होटलका संचालक खगेन्द्र पौडेलसहित ४ जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

बुटवल अमरपथस्थित गण्डकी सिरक डसना उद्योगमा कामगर्ने शिलशिलामा भारतबाट आई सो होटेलमा बसेका २ जनालाई कोरोना परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उक्त होटेललाई शिल गरि होटल संचालक पौडेल सहित ३ जना कामदारलाई होम क्वारेन्टाईनमा राखी पिसिआर परिक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको र शिल गरिएको होटेललाई शिलमुक्त गरिएको बुटवल उपमहानगरपालीका स्वास्थ्य शाखाका अधिकारी सन्तोष पन्थीले बताए ।

यसैगरि बुटवलस्थित हाटबजार क्षेत्र र नगरपालीका कार्यालय ब्यबसायिक भवन क्षेत्रका ३५ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको पन्थीले बताए । उक्त क्षेत्रमा ब्यबसाय गर्ने २ जना भारतिय नागरिकको पिसिआर रिपोर्ट पोजेटिभ आएको र लगत्तै उनिहरु सम्पर्क बिहिन भएपनि कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा यसक्षेत्रका ३५ जनाको परिक्षण गरिएको थियो ।