कृषिक्षेत्रको विकाशका लागि सरकारी सम्बोधन नगण्य

२० श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल २० साउन ।  कृषिक्षेत्रको विकाशका लागि किसानहरू जागृत भैरहँदा पनि सरकारी सम्बोधन नगण्य भएको आज (सोमबार) रूपन्देहीको कान्छीबजारमा आयोजित “उत्पादनका लागि उत्प्रेरणा” कार्यक्रमका सहभागीले ठहर गरेका छन् ।  तिलोत्तमा नगरपालिका वार्डनम्बर –१० शान्तिनगरमा स्वस्फूर्त रूपमा धानखेतमा माछापालक कृषक समूहसँग आज (सोमबार) भएको सम्वाद कार्यक्रमका सहभाग(ीले यस्तो निष्कर्ष निकालेका हुन् ।

गाईवस्तुका लागि मकैको बोटबाट बनाइने गुन्द्रुक उत्पादक “उत्तम साइलेज कम्पनी” को सहकार्यमा सञ्चालित “समृद्धिका लागि उत्पादन, उत्पादनका लागि सम्वाद” कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारले कृषिक्षेत्रलाई वास्तवमै उठान गर्न नसकिरहेको बताए ।  करोडौं रकमका विविध सुविधा भोग्ने तीनवटै सरकारका कृषि विभागले साधारण कृषि औजार, प्रशिक्षण र कृषि सामाग्री समेत निकासा गर्न नसकेको बताएका थिए ।  धानखेतमा माछापालक समूहका अध्यक्ष रामबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता डा. दामोदर भूसालले जनसेवकहरूका व्यवहार सामन्ती चिन्तनबाट ग्रसित भएको भन्दै त्यसलाई परिवर्तन गर्न किसानहरू नै जाग्नुपर्ने बताउनुभयो । सरकारले जारी गर्ने नीति तथा कार्यक्रम सरोकारवाला किसानहरूको सहभागिता र संवादसहित आउनुपर्नेमा त्यस्तो नहुँदा सरकारका कार्यक्रम प्रभावहीन भएको बताउनुभयो ।

सो अवसरमा उत्तम साइलेज कम्पनीका प्रोप्राइटर भेषराज पाण्डेले मकैखेती गर्ने तरीका, त्यसबाट हुने उपयोगिता र अधिक नाफा आर्जनको बारेमा प्रशिक्षण दिनुभएको थियो । माछापालक समूहका सचिव शिव ढकालको सञ्चालनमा भएको कार्यक्रममा उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैह्रेले समय र प्रविधिको सदुपयोगबाट कृषिमा पनि धेरै मुनाफा आर्जन गर्न सकिने बताउनुभएको थियो ।
भौतिक दुरी र सुरक्षा सतर्कता सहित स्थानीय अगुवाहरू गोपालप्रसाद घिमिरे, घनसिंह पुन, कृष्णबहादुर श्रेष्ठ, सञ्चारकर्मी भरत प्रधान, साइलेज कम्पनीका सञ्चालकहरू कृष्ण गैरे, रूपेश पाण्डे लगायतको उपस्थितिमा भएको कार्यक्रममा ३७ जना कृषकहरूको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट