तनहुँमा जन्मिएका नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक वाग्ले र रानाभाट

प्रकाशित मिति:

तनहुँ जिल्लामा जन्मिएर नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक९एसएसपी०पदमा दुई जना कार्यरत रहेका छन्।म्याग्दे गाउँपालिका पिपलचौरमा जन्मिएका हरिराज वाग्ले र भानु नगरपालिका चुदीमा जन्मिएका डा।कुशल रानाभाट एसएसपीमा कार्यरत रहेका छन्। तनहुँको साविक मनपाङ गाविस वडा न।८ हाल म्याग्दे गाउँपालिकामा वडा न।६ पिपलचौरमा जन्मिएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक हरिराज वाग्ले हाल प्रदेश नम्बर २ प्रहरी तालिम केन्द्र जनकपुरको प्रमुखको जिम्मेवारमा रहेका छन्। संगठनमा काबिल प्रहरी अफिसरको रूपमा कार्यरत वाग्ले विभिन्न जिल्लाको कमाण्ड सम्हाल्दा उदाहरणीय कार्य गरेर देखाउन सफल भएका थिए। प्रहरी वरिष्ठ उपरीक्षक वाग्ले २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। निरीक्षक रहदा कालिमाटी, कीर्तिपुर र सानेपा वृत्तको जिम्मेवारी सम्हाल्लेका थिए भने नायव प्रहरी निरीक्षक९डिएसपी०हुदा रसुवा,धादिङ,पर्वत र सिन्धुली जिल्लाको प्रमुखको जिम्मेवार सम्हाल्लेका थिए।

त्यस्तै प्रहरी उपरीक्षक एसपी हुदा बुटवल ट्राफिक क्षेत्रीय कार्यालय, पाल्पा,सर्वोच्च अदालत,बुटवल दगं नियन्त्रण गण,हेटौंडा दगं नियन्त्रण गणको कमाण्डको जिम्मेवारमा रहेका थिए भने हाल एसएसपी रहेका वाग्लेले सुदुरपश्चिम संघीय प्रहरी कार्यालयको प्रमुख, गण्डकी प्रदेश कार्यालय र हाल जनकपुर तालिम केन्द्रको प्रमुखमा रहेका छन्। प्रहरी वरिष्ठ उपरीक्षक वाग्ले डिएसपी भएर रसुवा जिल्लाको प्रमुख रहद प्रहरी संगठनको इतिहासमा नै धेरै १६८ थान पाटेबाघको छाला र १० बोरा बाघको हड्डी सहित तस्कर समातेका थिए।

सेलिब्रिटी’ बन्ने होड प्रहरीमा चुलिएका बेला वाग्ले भने धेरैको नजरमा परेनन्। ‘लो प्रोफाइल’मा रहेर काम गर्न रूचाउने उनको शैलीका कारणले गर्दा पनि उनी खासै अन्य अफिसर जस्तो बाहिर आएनन्। उनी प्रहरी निरीक्षक हुदा देखि हालसम्म जहाँ(जहाँ काम गरे, जुन(जुन यूनिटको नेतृत्व गरे( त्यहाँ बेग्लै छाप छोड्न सफल भए। अनावश्यक तडकभडक र प्रचार गर्ने तथा सेलिब्रेटी बन्न खोज्ने रूचि पनि उनमा कहिले देखिएन उनी संगठनमा नितान्त रूपमा व्यावसायिक अफिसरका रूपमा मात्र परिचित छन्। एसएसपी वाग्ले क्षमतावान र इमान्दार अफिसर हुन्। तनहुँ जिल्ला साविक भानु गाविस हाल भानु नगरपालिका वडा न।२ चुदीमा जन्मिएका नेपाल प्रहरीको प्रा।प्रहरी वरिष्ठ उपरीक्षक डा।कुशल रानाभाट हाल नेपाल प्रहरी अस्पताल काठमाडौंमा फिजियोथेरापी विभागको प्रमुखको जिम्मेवारीमा रहेका छन्।

चन्द्रावती माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी पास गरेका डा। रानाभाट त्रिवि केन्द्रीय क्याम्पस महाराजगन्जबाट फिजियोथेरापी विषयमा डिप्लोमा गरि प्रहरीको अधिकृत पदमा प्रवेश गरेका थिए। नेपाल प्रहरीको छात्रवृत्तिमा भारतको देहराइनबाट फिजियोथेरापी विषयमा उच्च शिक्षा हासिल गरेका प्रा। वरिष्ठ उपरीक्षक रानाभाट शान्ति मिसन अन्तर्गत मेडिकल टिममा रहि हाईटीमा १४ महिना बसेर सफलता पूर्वक काम गरेका उनी आफ्नो क्षेत्रमा दक्ष तथा अनुभवी अफिसर हुन्। नेपाल पुलिस क्लब फुटबल टिमको मेडिकल टिममा रहि विभिन्न देशको भ्रमण गरिसकेका छन्। फुर्सदको समयमा पत्रपत्रिकामा साहित्य,लेख,कविता लेखन तथा विषयगत सम्बन्धि शिक्षण गर्ने उनको रूचि रहेको छ।