उद्योग बाणिज्य संघका अध्यक्षको घर भत्काईयो

२१ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल। उद्योग बाणिज्य संघ अध्यक्ष खिम बहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले भत्काएको छ । बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृर्षि थोक उपजकेन्द्र सम्म रहेको कालिकापथ बिस्तारको क्रममा सडक सिमा भित्र रहेको भन्दै उक्त घर वडा नं ११ कालिकापथमा रहेको उक्त घर भत्काईएको हो । बुटवलको उज्यालो क्षेत्र र रात्रीकालीन समयमा समेत ब्यवसायको प्रमुख केन्द्र बनाउने उदेश्यका साथ बिस्तार सूरु गरिएको कालिका पथ सडक निर्माण कार्य बुटवल उद्योग बाणिज्य संघकै अध्यक्षका कारण अवरुद्ध भएको थियो ।

हमालले सडकमा पर्ने आफ्नो घर नभत्काएका कारण उनकै घर छेउमा आएर नाली निर्माण कार्य अवरुद्ध भएको थियो । हमाल अहिले सडक निर्माण रोक्ने उदेश्यले सर्वोच्च अदालत गएका छन । हमालले आफुले बुटवल उपमहानगरपालिकामा आफुले कालिका पथ सडक किनारमा घर बनाउदा ५० फुटमा घर बनाउने अनुमती पाएको र सोही बमोजिम नक्सा पास गरेकोले नगरपालिकाले ८२ फुट सडक बनाउदा आफ्नो निजी सम्पती हानी नोक्सानी हुने भन्दै उक्त कार्य रोक्न आन्तरीम आदेश माग गरेका थिए । तर अदालतले हमालको माग बमोजिमको आदेश भने दिएन । यस अघि ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी तत्कालीन बुटवल नगरपालिकाले तयारी गरेपनी केही घरधनीले सडक विस्तारमा अवरोध सिर्जना गरेकाले काम सूरु हुन सकेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया